चीनको सीमा क्षेत्रमा ठूलो वर्षा : तामाकोशी र सुनकोशी नदीमा बाढीको जोखिम

 असार ५, २०७८ शनिबार ६:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल–चीन सीमा क्षेत्रमा ठूलो पानी परेकाले तामाकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ । कार्यालयले सूचना निकालेर चिनियाँ क्षेत्रमा पहिरो आउँदा नदीको प्रवाह रोकिन गएकोले सुनकोशी र तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले यतिबेला नदीमा पानीको बहाव त्यति ठूलो नभए पनि बाढी आउने जोखिम रहेको उज्यालोलाई बताउनुभयो । चिनियाँ अधिकारीले सीमा क्षेत्रमा पानी परिरहेको र पहिरो पनि झरिरहेकाले जुनसुकै बेला बाढी आउन सक्ने जानकारी दिएकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उहाँको आग्रह छ ।

यसैबीच काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र दोलालघाटमा अहिले सुनकोशी नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाह्रबिसेको भोटेकोशी नदीमा पनि जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया