धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता

 असार ५, २०७८ शनिबार ७:१:१८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको सेर्तुङमा पहिरोले डाेजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् ।

धादिङ बेसीकाे तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा पहिरोले डाेजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैकाे खोजी भइरहेको जानकारी दिनुभएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया