जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - तामाकोशी नदीमा पानीको बहाव स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ क्षेत्रमा पहिरो गएकाले बाढी आउन सक्ने सूचना निकालिए पनि नदीमा पानीको बहाव बढ्ने र घट्ने नभएको महाशाखाले जनाएको हो ।
अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । यस्तै, आज नारायणी र यसका सहायक नदीमा पानीको बहाव घटबढ हुन सक्ने अनुमान गरिएको छ । पानीको बहाव जोखिमको अवस्थाभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । कोशी, कर्णाली र महाकाली नदीसँग जोडिएको केही साना नदी तथा खोलामा भने बाढी आउन सक्ने अनुमान छ । आज कन्काई, पश्चिम राप्ती, बबई नदीसँगै यी नदीका सहायक नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।
यसैगरी, प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, सङ्खुवासभाका नदी तथा खोलामा पनि बाढीको जोखिम छ । यस्तै, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, चितवन, मकवानपुर, सिन्धुलीका नदीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर तथा लुम्बिनी प्रदेशको परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, पाल्पाका नदी तथा खोलामा बाढीको जोखिम छ ।
यस्तै, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलाका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।