बाढीले हेलम्बुमा रहेको प्रहरी चौकी र निजी विद्यालय बगायो

 असार ५, २०७८ शनिबार १२:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – बाढीले सिन्धुपाल्चाेककाे हेलम्बुमा रहेको प्रहरी चौकी र एउटा निजी विद्यालय बगाएको छ । गएराति आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुलाई ढालेको हो ।

हेलम्बु २ मा रहेको चौकी बाढीले क्षति पुर्याउन थालेपछि कार्यालय यसअघि नै सारिएको थियो । अहिले इलाका प्रहरी कार्यालय किउलमा रहेको एउटा भाडाको घरबाट सञ्चालनमा रहेको छ । यस्तै हेलम्बु ४ मा रहेको इस्ट पोइन्ट बोर्डिङ पनि बाढीले बगाएको छ । यस्तै मेलम्ची नगरपालिका ६ तालमाराङमा रहेको तेस्रे माविमा पनि नदीले कटान सुरु गरेको छ ।

कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयको एउटा भवन नदीले बगाएको हो । यस्तै, चनौटेमा रहेको रातो पुल जोखिममा रहेको छ । मेलम्चीमा हिजो दिउँसो फेरि बाढी आएको थियो । अहिले भने पानीको सतह घटेको छ । मेलम्ची खोलामा पानी नपरे पनि बाढी आएको बारे अध्ययन गर्न विज्ञको टोली त्यसतर्फ जाँदैछ । फोटो सामाजिक सञ्जाल ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया