महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

 असार ५, २०७८ शनिबार १४:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ । यसले गर्दा जोखिम केही कम भएको छ । यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ ।

अहिले पनि पानी परिरहेकाले बाढी र डुबानको सम्भावना बढेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया