अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गर्नुभएको हो । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उहाँले प्रशंसा गर्नु भएको हो ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उहाँले लेख्नुभएको छ, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’
उहाँले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताउनु भएको छ । यस्तै, उहाँले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताउनु भएको छ ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।