अरनिको राजमार्ग र लिपिङ पुलमा भएको क्षतिबारे सभामुख सापकोटाको चासो

 असार ५, २०७८ शनिबार १७:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अविरल वर्षाले अरनिको राजमार्ग र सिन्धुपाल्चाेककाे लिपिङ पुलमा क्षति पुर्याएपछि सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

स्थलगत अवलोकनपछि महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक खोल्ने गरी काम हुने बताउनुभयो । भोटेकोशीको कटानले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकामा रहेको तातोपानीको लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनिकरण गर्न ध्यानाकर्षण गराएपछि आज स्थलगत अवलोकन गरिएको हो । सभामुख सापकोटाले जोखिममा परेकाहरुको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल खुलाउन आग्रह गर्नु भएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया