देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा अहिलेसम्म १७ जनाको ज्यान गयो, २२ बेपत्ता

 असार ५, २०७८ शनिबार २०:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मनसुन भित्रिएपछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

यस्तै बाढी, पहिरो र डुबानमा परेर देशभर २२ जना हराइरहेका छन् । हराउनेमा सिन्धुपाल्चोक, जाजरकोटमा र बाजुराका धेरै रहेका गृह मन्त्रालयले जनाएको छ । यस्तै १ सय ४१ घर पूर्ण र ९९ वटा घरमा आंशिक क्षति पुगेको छ । आजसम्म १६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ । ४ सय भन्दा धेरै व्यक्तिको उद्धार गरिएको मन्त्रालयका सूचना अधिकारी खुमकान्त अधिकारीले जानकारी दिनभयो ।

आज पनि प्रदेश एक, गण्डकी, लुम्बिनी, वाग्मतीका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । आज राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

लगातारको पानीले पहिरो आएपछि विभिन्न ठाउँका राजमार्ग बन्द भएका छन् । अहिले मर्मतपछि २४ वटा राजमार्ग एकतर्फी खुलाइएको छ । १५ वटा सडक अझै बन्द रहेका छन् । ५० वटा सडकमध्ये ११ वटा सडक पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया