आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने

 असार ६, २०७८ आइतबार ७:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश-१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताउनुभयो ।

दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उहाँको भनाइ छ । आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताउनुभयो । त्यस्तै आज राती प्रदेश-१, प्रदेश-२ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया