बाढी र पहिरोले १६ वटा सडक बन्द, यस्तो छ बन्द सडक खुलाउने विभागको कार्ययोजना

 असार ६, २०७८ आइतबार १४:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै – बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन् । मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन् । एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन् ।

पछिल्लो पटक खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको तमैलमा मर्मतपछि सडक खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोलामा पहिरो झरेको छ । गएको असार १ गतेदेखि बन्द यो सडक भोलिसम्ममा खुलाउने तयारी भएको विभागले जनाएको छ ।

त्यस्तै डुम्रे–बेसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङ र लमजुङका विभिन्न भागमा सडक भत्केको छ । मनाङको तिमाङ छहरामा गएको जेठ ३१ गते तथा धारापानी, बगरछापलगायतका ठाउँमा असार ३ गतेदेखि बन्द सडक आउँदो २० गतेसम्म खुलाउने गरी तयारी भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौ–कोदारी सडक सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बन्द छ ।

त्यस्तै रसुवाको स्याब्रुबेसी–रसुवागढी तथा मैलुङ–स्याब्रुबेसी सडक बन्द छ । धेरै क्षति भएका यी सडक तत्काल खुलाउन सक्ने अवस्था नरहेको पनि सडक विभागले जनाएको छ ।

मनसुन सुरु नहुँदै सडक विभागले बाढी र पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो । विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको बताउनुभएको थियो ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया