जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न...
माघ २४, २०८१ बिहिबार
रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक ६ दिनपछि सञ्चालनमा आएको छ । धुन्चेदेखि रसुवागढीसम्म विभिन्न ठाउँमा गएको पहिरोको कारण ६ दिनदेखि सडक बन्द थियोे ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको लिङलिङमा गएको पहिरो पन्छाउने काम सकिएसँगै सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक सञ्चालनमा आएसँगै ४५ वटा कन्टेनर काठमाण्डौतर्फ लागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताउनुभयो ।
पासाङ ल्हामु मार्ग अन्तर्गत रसुवा खण्डमा अहिले अवरोध छैन । यद्यपि नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक भने एक हप्ता अघिदेखि नै बन्द छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।