धादिङका सहायक वन अधिकृत घुस रकमसहित पक्राउ

 असार ६, २०७८ आइतबार १७:३७:२६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ पर्नुभएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पौडेललाई घुसबापतकाे ४० हजार रुपैयाँसहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वन कार्यालयले समातेको काठका धनीलाई मुद्दा नचलाउने सर्तमा ४० हजार रुपैयाँ घुस लिएका पाैडेललाई आयोगको टोलीले पक्राउ गरेकाे हाे । वन कार्यालयले समातेकाे काठकाे कुनै पनि कागजपत्र तयार नगरि पाैडेलले घुस लिएकाे अख्तियारले जनाएकाे छ ।  

घटनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता एवम् सह–सचिव नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया