घरमाथिबाट ढुङ्गा खस्न थालेपछि हुम्लामा सात परिवारलाई सुरक्षित ठाउँमा सारियो

 असार ७, २०७८ सोमबार १०:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिका –३ कारङ्गाका सात घरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

घरमाथिबाट ढुङ्गा खस्न थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले अहिले नजिकैको आफन्तकोमा बसिरहेका छन् ।

२० घरधुरी रहेको त्यो क्षेत्रमा पहिरोको जोखिम बढेको छ । त्यहाँको अवस्था बुझ्न प्रहरीको टोली त्यसतर्फ गएको पनि अध्यक्ष रावलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया