परिक्षणका लागि पानीमुनि टेलिस्कोप राख्न चिनियाँ वैज्ञानिक सफल
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन् । गएको वैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो । जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
कोरोना सङ्क्रमण जोखिम बढेपछि गएको वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायतका अत्यावश्यक सेवाबाहेक अरु बन्द भएका थिए । नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।
ललितपुरमा महानगरवासीले आइतवार, सोमवार र मङ्गलवार नागरिकता, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीका सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै तीन गाउँपालिकाका बासिन्दाले बुधवार, गोदावरी र महालक्ष्मीनगरवासीले बिहीवार र शुक्रवार सेवा लिन पाउने छन् ।
सङ्घसंस्था दर्ता सोमवार र बुधवार तथा सङ्घसंस्था नवीकरण आइतवार, मङ्गलवार र बिहीवारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रवार हुनेछ । काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएको छ ।
अस्ति तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।