एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाैकाे बागबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाण्डाै महानगरपालिकाले पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदलयात्रुको सुरक्षालाई ख्याल गरेर महानगरपालिकाले अहिलेसम्म ३६ वटा ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको उल्लेख गर्नुभयाे ।
श्रेष्ठका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि गाडी रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सक्नेछन् । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरले अन्य ठाउँमा समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरू गर्न लागेको उहाँकाे भनाइ छ ।
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै पैदलयात्रु खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको जनसङ्ख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर ट्राफिक लाइट सञ्जालनमा आएको बताउनुभयो ।
काठमाण्डाै महानगरपालकाले सडक सुधार आयोजनाअन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।