सर्लाहीमा खाल्डाेमा जमेकाे पानीमा डुबेर दाजुभाइकाे ज्यान गयाे

 असार ९, २०७८ बुधबार १३:३४:३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा खाल्डोमा जमेकाे पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नम्बर ११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका उनीहरूकाे इँटा बनाउँदा खनिएकाे खाल्डाेमा जमेकाे पानीमा पौडी खेल्दा ज्यान गएको हो ।   

यस्तै सर्लाहीमै हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार राति घर भत्काउन थालेपछि बाहिर निस्किएका ईश्वरपुर नगरपालिका १३ का ५५ वर्षका रामआशिष महतोलाई हात्तीले आक्रमण गरेको र उपचारका क्रममा बिहान ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया