आन्तरिक हवाई उडान असार १७ देखि

 असार ९, २०७८ बुधबार १७:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएकाे थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि गन्तव्य निश्चित हुने र नागरिक उड्डयन प्राधिकरणले उडानकाे समय तालिका र उडान सङ्ख्या निश्चित गरेलगत्तै आन्तरिक उडान सुरु हुनेछ ।

आन्तरिक उडानमा नाै वटा वायु सेवा कम्पनी छन् । कोरोना सङ्क्रमण बढेपछि गएको वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया