अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कहाँ कहिले हुँदै छ उडान (सूचीसहित)

 असार ९, २०७८ बुधबार १८:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रोकिएको अन्तर्राष्ट्रिय उडान सरकारले विभिन्न श्रम गन्तव्य देशमा खुलाउने निर्णय गरेसँगै मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो । 

कहाँबाट कहिले हुन्छ उडान

मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि बिहीबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्डियाको जहाज दिल्लीबाट काठमाण्डौ आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाण्डौ  आउनेछ । टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाण्डौ  आउने र एयर अरेबियाको जहाज आबुधाबीबाट  काठमाण्डौ  आउने गरी उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा, हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछन् । कतार एयरवेज दोहाबाट काठमाण्डौ  आउने छ भने जजिरा एयरवेज कुवेतबाट काठमाण्डौ  आउने उडान तालिका छ ।

 २८ जुनमा कतार एयरवेजले दोहाबाट उडान गर्नेछ भने नेपाल एयरलाइन्स यूएईको दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममाका लागि उडान भर्ने तालिका तय भएको छ । 

२९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने र टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने तालिका छ ।

फ्लाई दुबई दुबईबाट र ओमानबाट सलाम एयरको जहाज काठमाण्डौ  आउने छन् । 

३० जुनमा कतार एयरवेजले दोहा, जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरी तालिका तय भएको छ भने नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम उडान भर्ने तालिका पर्यटन मन्त्रालयले सार्वजनिक गरेको छ ।

 गएको वैशाख २३ गते मध्ये रातिदेखि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जेठ १८ गतेदेखि कतार, चीन र टर्कीबाट सातामा एक उडान हुने गरी अन्तर्राष्ट्रिय उडान खुलाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया