शेयर बजार फेरि ओरालाे लाग्याे, काराेबार रकम आठ अर्बमा खुम्चियाे

 असार ९, २०७८ बुधबार १८:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार (आज) फेरि उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलवार उच्च अङ्कले बढेको नेप्सेले बुधवार फेरि घट्याे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१ दशमलव ६५ अङ्कले घटेर नेप्से दुई हजार आठ सय ६२ दशमलव १८ अङ्कमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३७ विन्दुले घटेर पाँच सय २८ दशमलव ९७ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्राको प्रभाव कारोबार रकममा समेत देखिएको छ । कुल दुई सय १८ कम्पनीको एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता शेयर आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँमा खरिद/बिक्री भए ।

बुधवारको कारोबारपछि बजार पुँजीकरण पनि मङ्गलवारको तुलनामा खुम्चिएको छ । मङ्गलवार ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख रुपैयाँ बराबर पुगेको बजार पूँजीकरण आज घटेर ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८ दशमलव ५४, व्यापार ५५ दशमलव ५६, होटल तथा पर्यटन ६९ दशमलव ७७, विकास बैंक एक सय ६० दशमलव ६६, जलविद्युत् ७१ दशमलव ४९, वित्त ६७ दशमलव ४४, निर्जीवन बीमा दुई सय ८० दशमलव १२, उत्पादन एक सय २१ दशमलव १३, अन्य ४४ दशमलव ४३, लघुवित्त एक सय दशमलव ३२, जीवन बीमा तीन सय ८७ दशमलव ४२, सामूहिक लगानी कोष शून्य दशमलव १४ र लगानी उपसमूह शून्य दशमलव ३९ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ५४ करोड २० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो । 

यस्तै आज राधी विद्युत् कम्पनीकाे शेयर मूल्य ९ दशमलव ७१, ङादी ग्रसप अफ पावर ९ दशमलव ०९, छ्याङ्दी हाइड्रोपावर ६ दशमलव ५६, नेपाल इन्स्योरेन्स ६ दशमलव १६ र घलेम्दी हाइड्रोकाे शेयर ६ दशमलव ०२ प्रतिशतले बढेकाे छ । कालिका पावर कम्पनीकाे शेयर मूल्य ५ दशमलव ६०, नेपाल फाइनान्स ५ दशमलव ४८, मञ्जुश्री फाइनान्स ५ दशमलव १४, नेपाल हाइड्रो डेभलपर ५ दशमलव ०८ र अरुण काबेली पावर कम्पनीकाे शेयर मूल्य पाँच प्रतिशतले घटेकाे छ ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया