फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर १ सय २७ र डिजेल १ सय १० पुग्यो

 असार १०, २०७८ बिहीबार ६:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • salij shrestha

    June 24, 2021, 11:15 a.m.

    १ बर्ष अगाडि सम्म लिटरको ११५ हुदा नि निगमलाई प्रति लिटर ५/७ रुपैया घाटा नै थियो अहिले १२७ बनाउदा नि अझै घाटामा नै चलेको छम भन्छन । आखिर सरकारले गर्न खोजेको चाहि के हो के??? यसरि जनता लाई डिस हान्न त भएन नि हौ.....

  •  0 Reply

तपाईको प्रतिक्रिया