बाढी र पहिरोले बन्द भएका १२ वटा सडक अझै खुल्न सकेनन्, २८ सडक आंशिक सञ्चालन

 असार १०, २०७८ बिहीबार ६:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् ।

अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ गतेदेखि नै बन्द भएकोमा अझै खुल्न सकेको छैन ।

यस्तै रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्ड पनि बन्द छ । यो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । तत्काल नियमित हुन नसक्ने सडकमा एकातिरबाट पहिरो पन्छाएर गाडी चल्न मिल्ने बनाइएको पनि सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया