अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ महिनासम्म नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा जम्मा एक खर्ब २१ खर्ब रुपैयाँको निर्यात गरेको छ ।
अघिल्लो वर्ष ११ महिनामा १० खर्बको व्यापार घाटा रहेकोमा यस वर्ष झण्डै २५ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको हो । निर्यात झण्डै २६ प्रतिशतले बढेको छ भने आयात ३८ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापार १५ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ । ११ महिनामा सबैभन्दा धेरै एक खर्ब ३९ अर्ब रुपैयाँको फलाम र ९७ अर्ब रुपैयाँ भन्दा धेरैको विद्युतीय सामग्री आयात भएको छ ।
यस्तै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको भने ४५ अर्ब ३९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । यस्तै ३१ अर्ब ४४ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ, ५६ अर्ब ६६ करोड रुपैयाँको प्लास्टिकजन्य सामग्री, सात अर्ब १५ करोड रुपैयाँको काठ, १३ अर्ब रुपैयाँ भन्दा धेरैको कागज आयात भएको छ । यस्तै सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने भनेर वर्षौदेखि नारा लगाइरहे पनि ११ महिनामै ७४ अर्ब ६७ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात गरेको छ । १८ अर्ब ८० कराेड रुपैयाँको चिया, कफी र मसला, एक अर्ब ८२ करोड रुपैयाँको दुधजन्य पदार्थ, मह लगायत आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gp
June 24, 2021, 9:45 p.m.अब २१ अर्बको निर्यात होला नि !