आजदेखि अन्तर्राष्ट्रिय विशेष उडान शुरु

 असार १०, २०७८ बिहिबार ९:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत, फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको छ ।

असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया