एसियाली खेलकुद : नेपालको खराब प्रदर्शन कायमै, अब आशा प्याराग्लाइडिङ र करातेमा

 भदौ ११, २०७५ सोमबार १२:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको ८०० मिटर दौडमा सहभागिता जनाएकी नेपाली खेलाडी सरस्वती भट्टराई हिट चरणबाटै बाहिरिएकी छिन् ।

हिट थ्रीमा प्रतिस्पर्धा गरेकी सरस्वतीले निर्धारित दूरी २ मिनेट १२ दशमलब ५८ सेकेण्डमा पूरा गरिन् । आजै पुरुषको आठ सय मिटरमा सोमबहादुर कुमाल प्रतिष्पर्धा गर्दैछन् ।

टेबल टेनिसतर्फ नेपाल हङ्कङसँग पराजित भएको छ । नविता श्रेष्ठ, स्वेच्छा नेम्बाङ र रविना महर्जन सहभागी नेपाली टोलीका कुनै पनि खेलाडीले एक सेट पनि जित्न सकेनन् ।

आजै नेपाली टिमले भियतनामसँग पनि प्रतिस्पर्धा गर्दैछ ।

पुरुष टिम इभेन्टमा नेपाल उत्तर कोरियासँग पराजित भयो । स्यान्टू श्रेष्ठ, दिप साउन र अमरलाला मल्ल सहभागी रहेको पुरुष टिमले पनि कुनै खेलमा जित हात पार्न सकेनन् ।

करातेतर्फ आज पुरुषको ८४ केजी तौल समूहमा दिवस श्रेष्ठ खेल्दैछन् । महिला ५० केजी मुनि तौल समूहमा अनु अधिकारी मकाउकी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछिन् ।

आज नेपालले पुरुष र महिलाको क्रश कन्ट्रीको तेस्रो चरणमा पनि प्रतिस्पर्धा गर्दैछ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया