मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर, विष्णु पाैडेललाई गृहसहित थप तीन मन्त्रालयकाे जिम्मेवारी

 असार १०, २०७८ बिहिबार १७:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गर्नुभएकाे छ । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएकाे छ । 

अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।

त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, राेजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।   

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनुभएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासकाे जिम्मेवारी पाउनुभएकाे छ । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया