याे गठबन्धन अवसरवादी हाेइन, प्रधानमन्त्री कसलाई बनाउने भन्ने सङ्घर्ष पनि हाेइन : प्रचण्ड

 असार १०, २०७८ बिहीबार १८:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताउनुभएको छ । 

बिहीवार विपक्षी गठबन्धनले आयाेजना गरेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरूबीचको गठबन्धन सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जान सक्ने बताउनुभयो । उहाँले संविधानको रक्षा गर्दै समयानुकूल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रित रहेर गठबन्धन बनेको बताउनुभयो । 

अहिलेको सङ्घर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभइ राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले २०४६ साल र २०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरङ्कुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइ पुर्‍याएकाले आन्दोलन सफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन ।प्रधानमन्त्रीका निम्ति भएको सङ्घर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरूको कुनै शेटिङ नभएको बताउनुभयो । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई शेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उहाँले आफूहरू शेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उहाँले जिकिर गर्नुभयो । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उहाँको भनाइ छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले एमसीसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हित अनुकूल अगाडि बढाउने पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया