रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्काे सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसाे ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गएकाे पुसमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो ।
सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गएकाे पुस १७ गते प्रारम्भ भइ २६ गते अन्त्य भएको थियो । त्यस अधिवेशनमा चार बैठक बसेकाेमा सात अध्यादेश पेस गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।
पछिल्लो पटक गएकाे जेठ ८ गते प्रतिनिधि सभा विघटन भए पनि अहिले सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रिय सभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ । अहिले राष्ट्रिय सभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषदबाट सिफारिस भइ राष्ट्रपतिबाट मनोनित हुनुहुन्छ ।
पछिल्लो पटक गएकाे जेठ ६ र १७ गते निर्वाचित डाक्टर खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी हुनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।