मकवानपुरमा आइतवारदेखि सबै सरकारी कार्यालयकाे सेवा खुल्ने

 असार ११, २०७८ शुक्रबार १४:३५:५४ | रासस
unn.prixa.net

मकवानपुर – मकवानपुरमा पर्सि (शनिवार) देखि सबै सरकारी कार्यालयको सेवा खुल्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । 

एक हजारभन्दा धेरै कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरूलाई परिपत्र दिइएको पाण्डेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले समेत बारअनुसार सेवा प्रवाह गर्न सुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई त्यहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो ।

प्रदेशस्तरीय कार्यालयहरूलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया