मोहम्मद इरफान बने टी–२० क्रिकेटका किफायती बलर, ४ ओभरमा दिए मात्रै एक रन

 भदौ ११, २०७५ सोमबार १३:४०:४३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी टिमभन्दा बाहिर रहेका तीव्र गतिका बलर मोहम्मद इरफान टी – २० क्रिकेटमा सवैभन्दा किफायती बलर बनेका छन् ।

उनी २ वर्षदेखि पाकिस्तानको राष्ट्रिय टिममा पर्न सकेका छैनन् । तर टी –२० को ४ ओभर बलिङ गर्दा सबैभन्दा थोरै रन दिएर नयाँ कीर्तिमान राखेका हुन् ।

क्यारेबियन प्रिमियर लिग सीपीएलमा बारबाडोस ट्रिन्डिडाका ३६ वर्षीय बलर इरफानले नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सविरुद्ध बलिङ गर्दा ४ ओभरमा तीन ओभर मेडन राखेका थिए भने १ रन दिएर २ विकेट लिएर रेकर्ड बनाएका हुन् ।
 
बायाँ हाते तीव्र गतिका बलर इरफानले ४ ओभरको २४ बलमध्ये २३ बलमा ब्याट्सम्यानले रन बनाउन सकेनन् । उनले सेन्टकिट्सका क्रिस गेल र इविन लुईसलाई आउट गरेका थिए । तर उनले उत्कृट बलिङ गर्दै रेकर्ड बनाए पनि आइतबारको खेलमा उनको टिम बारबाडोस भने पराजित भएको थियो ।
 
पाकिस्तानी बलर इरफानले राष्ट्रिय टिमका लागि अहिलेसम्म २० वटा टी –२० खेलेका छन् । जसमा उनले १५ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा उनको १८ रनमा २ विकेट उच्च प्रदर्शन रहेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • bishnu

    Aug. 27, 2018, 3:16 p.m.

    wrong Information

  •  0 Reply

तपाईको प्रतिक्रिया