अध्यादेशबाटै भए पनि निजामती ऐन ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ

 असार ११, २०७८ शुक्रबार १७:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लीलानाथ श्रेष्ठले सङ्घीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै सङ्घीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेशमार्फत नै भए पनि निजामती ऐनलाई ल्याउनुपर्ने बताउनुभएको हो । 

कर्मचारीको लागि पदपूर्ति, बढुवालगायतका कुरा समेटेर अध्यादेश ल्याउनका निम्ति मुख्य सचिव, प्रधानमन्त्री र आफूबीच छलफल भएको भए पनि नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उहाँले बताउनुभयो । संसद् नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संविधानमा नै उल्लेख गरेको भन्दै उहाँले अध्यादेश ल्याउने सम्बन्धमा अध्ययन गरिरहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, यो सङ्घीय निजामती ऐनलाई मूलभूत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गिर्‍याे भने कसरी काम गर्छ ? त्यसै कारणले यो ओझेलमा राख्नुहुँदैन भनेर मेरो, मुख्यसचिवको सहमति भएर अगाडि बढाउने कुरा भएको थियो । तर नागरिकताको रिजल्ट आइसकेपछि फेरि हामी अलिकति स्टप भयौँ । निजामती ऐनको यो हाउसबाट अहिले तत्कालै निर्णय होला, के होला/नहोला त्यो अन्योल नै छ । यसतर्फ हाम्रो गम्भीर ध्यान गएको छ । हाउस नचलेका बेला सरकारले आवश्यकताअनुसार अध्यादेश ल्याउन पाउने भनेको छ संविधानले । के गर्ने भन्नेमा अध्ययन गर्दैछौँ ।’

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिको कारण प्रदेश र पालिकामा समेत अनुशासनहीनता बढेको बताउनुभयो । उहाँले चीनबाट कोभिड–१९ विरुद्धको ४० लाख खोप ल्याउने कुरा अगाडि बढिरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया