हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउनुभएको छ । बालुवाटारमा शुक्रवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालयले निर्णय गर्नुअघि नै त्यसबारे चर्चा गरिनुले शङ्का उब्जाएको बताउनुभएको हो ।
सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीको शपथ र कार्यविभाजन संविधान अनुकूल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्दैछ भनी अभिव्यक्ति दिएकाले न्यायालयको निष्पक्षतामााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरूपण भयो कि अरू नै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, शेटिङ शेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।
उहाँले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने भन्दै उहाँले त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, प्रणालीप्रति चिन्तित र सजक हुनुपर्ने कुरा हो । प्रणालीप्रति हाम्रो सजगता आवश्यक छ । प्रणालीहरू सधैँ अग्नि परीक्षामा नै हुन्छन् । प्रणालीले परिणामबाट आफ्नो सहीपना र सर्वश्रेष्ठता साबित गर्नैपर्छ । तर प्रणालीलाई कार्यान्वयनमा नै जान नदिइकन, कार्यान्वयनको प्रारम्भ नै हुन नदिइकन फेरि भत्काउनेतर्फ लाग्नु खतरनाक विषय हो ।
उहाँले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरू नै नेपालको राजनीतिमा विदेशीहरूको भूमिका चाहिरहेको दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरूले नै आफूलाई आडम्बरी देशभक्ति भनी टिप्पणी गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, एक जना पूर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ । यो माइक्रो म्यानेजमेन्टमा लाग्न हुँदैन । तपाईँहरू माइक्रो म्यानेजमेन्टमा नलाग्नुहोस् । ठूला कुरामा हात हाल्नुहोस् न । पोलिसी म्याटरमा हात हाल्नुहोस् न । जथाभाबी किन हुन दिइरहनुभएको छ तपाईँहरू ? उहाँको भनाइ थियो । मलाई आश्चर्य लाग्यो । तैपनि आफूलाई देशभक्त नै हुँ भनेर हिँडिरहेका छन् । अर्को पूर्वप्रधानमन्त्री जी खुलेआम भन्छन्– के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरू, छिमेकीहरूले ? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के ? के चाहिँ गरिदिनुपर्ने ? फेरि उहाँहरू फलानाको देशभक्ति भनेको चाहिँ नक्कली देशभक्ति हो । आडम्बरी देशभक्ति हो ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्ने विरुद्ध एकजुट हुन महन्थ ठाकुरलाई साथमा लिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो उहाँहरूले महन्थ ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्थजीलाई साथ लिएँ भने, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन । म तपाईँका पोलिसीका पछाडि जान्छु भनेको छैन । अर्को कुरा उहाँहरूसँग कुनै एग्रिमेन्ट पनि गरेको छैन । मैले डेमोक्रेसीका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरूको साथ लिएँ । महन्थजीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरू साक्षी राखेर भनेको होइन ? टेलिभिजनमा खिचाएको होइन ? उहाँहरूको आक्रोश मैले भन्ने गर्थे नि रिसाएको बिरालोले खामो चितोर्छ भनेर ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।