१४ हजारभन्दा धेरैकाे नमुना परीक्षण गर्दा २ हजार ४ सय ७६ जनामा काेराेना पुष्टि

 असार ११, २०७८ शुक्रबार १८:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नाै हजार पाँच सय ८६ जनाको आरटी/पीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा सङ्क्रमण भएको पाइएको छ भने चार हजार सात सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सात सय ५५ जनामा सङ्क्रमण भएकाे पाइएकाे हाे । पछिल्लाे २४ घण्टमा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे ।   

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३१ हजार एक सय ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३० हजार ६ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार चार सय १३ पुगेकाे छ । अहिले निको हुने दर ९१ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै  गएको २४ घण्टामा र प्राप्त विवरणसहित काेराेना सङ्क्रमणका कारण २७ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाै सय ४५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया