ज्येष्ठ नागरिकलाई असार २२ देखि भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाइने

 असार ११, २०७८ शुक्रबार १९:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको  छ ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

खोपको दाेस्रो मात्राका लागि पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया