१ सय २० पालिकाले मात्रै बजेट ल्याएको विवरण प्राप्त, ‘ताकेता गर्दा पनि टेरेनन्’

 असार १२, २०७८ शनिबार ८:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हरेक पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म जम्मा एक सय २० वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । ७ सय ५३ मध्ये ६ सय ३३ पालिकाले बजेट ल्याएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छैनन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशका ८५ मध्ये २२ वटा अर्थात २५ दशमलव नौ प्रतिशत पालिकाले बजेटको विवरण पेस गरेका छन् । प्रदेश-१ का १ सय ३७ पालिकामध्ये जम्मा २६ वटाले, प्रदेश-२ का १ सय ३६ मध्ये १३ वटाले मात्रै, वाग्मतीका १ सय १९ पालिकामध्ये १५ वटाले, लुम्बिनीका १ सय ९ पालिकामध्ये २० वटाले, कर्णालीका ७९ मध्ये १० र सुदूरपश्चिमका ८८ मध्ये १४ वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । बजेट ल्याएपछि तत्कालै विवरण पेस गर्नको लागि पटक-पटक ताकेता गरे पनि पालिकाले अटेरी गरेका मन्त्रालयले जनाएको छ ।

६ सय ७०/८० वटा पालिकाले बजेट ल्याएको अनौपचारिक जानकारी प्राप्त भए पनि मन्त्रालयको पोर्टलमा जम्मा एक सय २० वटा पालिकाले मात्रै विवरण इन्ट्री गराएको र यसैलाई नै आधिकारिक मानिने सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो  । ‘बजेट आउने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरुलाई म्यासेज र फोनबाट बजेट आउनेबित्तिकै पोर्टलमा समावेश गर्नु भनेर निर्देशन दिए पनि अहिलेसम्म धेरैले अटेरी गरिरहेका छन् ’अधिकारीले भन्नुभयो ।

पोर्टलमा विवरण पेस गर्न जम्मा पाँच मिनेटको समय लाग्ने भए पनि गैरजिम्मेवारीका कारण समस्या भएको उहाँको भनाइ छ ।

हेर्नुहाेस् पालिकाको आर्थिक वर्ष ०७८/७९ बजेट अपडेट 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया