माथिल्लो तामाकोशीबाट परीक्षण उत्पादन हुँदै, केही ठाउँमा विद्युत कटौती हुन सक्ने

 असार १२, २०७८ शनिबार ९:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ४ सय ५६ मेगावाट क्षमताको माथिल्लाे तामाकोशी जलविद्युत आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो । भोलिदेखि १९ गतेसम्म जुनसुकै बेला परीक्षण उत्पादन हुन सक्ने श्रेष्ठको भनाइ छ। यो कामको लागि खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने र यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादनको मिति पटक-पटक तोकिँदै आए पनि काम सम्पन्न नहुँदा स्थगित हुँदै आएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया