सर्लाहीमा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या

 असार १२, २०७८ शनिबार ११:१५:२१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डाेजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको हत्या गरेका उहाँले बताउनुभयो ।

श्रेष्ठलाई माटोले पुरिएको अवस्थामा भेटेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घटनामा संलग्न ठेकेदार दाहाल र चालक गोलेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया