हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - अहिले वाग्मतीसहित प्रदेश एक, प्रदेश दुई, गण्डकी र लुम्बिनीमा पानी परिरहेको छ । वाग्मती, प्रदेश एक /दुईमा बिहानदेखि नै लगातार पानी परेको हो । मनसुनी वायु सक्रिय रहेकाले पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ । वाग्मती, मेलम्चीसहित केही नदीमा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का गोपाल दुलालको घर बगाएको छ । यस्तै कोशी र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार पानी परेकाले कोशीसहित केही नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।