रौतहटमा भेलको विषयमा झडप हुँदा १५ जना घाइते

 असार १२, २०७८ शनिबार १४:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट – रौतहटमा भेलको पानी अर्काकाे खेतमा लगाइदिएकाे विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया