२ हजार १६ जनामा कोरोना पुष्टि, ४ हजार ९ सय बढी निको

 असार १२, २०७८ शनिबार १७:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार हजार नौ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको दाेब्बरभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ सय ४२ जना गरी दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार तीन सय २६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म पाँच लाख ८१ हजार तीन सय २७ जना निको भइसकेका छन् । निको हुने दर झण्डै ९२ प्रतिशत पुगेको छ । यस्तै थप ३० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नौ सय ७५ जना पुगेको छ । अहिले नेपालमा ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया