खोलाले बगाउँदा दुई जना बेपत्ता

 असार १२, २०७८ शनिबार २०:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् । 

यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता भएकी हुन् । ती महिलाको परिचय खुल्न नसकेको जनाइएको छ । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । 

खोलाले बगाएका दुवैजनाको स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया