पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले धान राेपाइँ सुरु भएको छ । कोरोनाको जोखिमकै बीच खेतबारीको काम गर्नु पर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
लगाएको बाली भित्र्याउने र खेतबारी खाली गरी त्यहाँ राेपाइँ गर्ने हुँदा यतिबेला सामूहिक रुपमा खेतीपातीको काम हुने गरेको छ । तर यसरी सामूहिक रुपमा काम गर्दा कोरोना सङ्क्रमणको जोखिम रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन सिरहाका जिल्ला कोभिड अस्पतालका प्रमुख डा नागेन्द्रप्रसाद यादवको आग्रह छ ।
उहाँका अनुसार रोपाइँमा भेला किसानले सावधानी अपनाए सङ्क्रमणबाट बच्न सकिन्छ । धानको बीउ उखेल्दा एकै लाइनमा नबस्न उहाँको आग्रह छ । ब्याडको चार कुनाबाटै बीउ उखेले सजिलै दूरी कायम गर्न सकिन्छ । यस्तै, धान रोप्दा पनि एकै पटक धेरै जना भेला हुनुभन्दा पनि थोरै मानिस भेला भएर राेपाइँं गर्न डाक्टरको सुझाव छ ।
धान रोप्दा कम्तीमा ६ हातको दूरी कायम गर्न पनि डाक्टरको सुझाव छ । खेतीपातीको काम गर्दा पनि मास्क लगाउन र खाजा खाना खाने बेलामा दूरी कायम गरी सफा पानीले साबुनपानीले हात धुन पनि डाक्टरको सल्लाह छ । यस्तै, राेपाइँका कारण अहिले गाउँ र सहरमा ओहोरदोहोर धेरै हुने भएकाले पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन सक्छ ।
बजार पसल जाँदा दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर राम्ररी हातमा दल्ने गर्नुपर्दछ । यस्तै, रोपाइँका लागि सहरबाट गाउँ जानेहरुले पनि मापदण्ड पालना गरे सङ्क्रमणलाई रोक्न सकिन्छ ।
यसबारे थप जानकारी कोरोना क्याप्सुलमा ।आजकाे काेराेना क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहाेस्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।