२४ घण्टामा १ हजार ९ सय २० जनामा काेराेना पुष्टि, सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघ्यो

 असार १३, २०७८ आइतबार १६:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे २४ घण्टामा नेपालमा एक हजार नाै सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार जनाकाे आरटी/पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३३ हजार ६ सय ७९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ हजार ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डाै उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाण्डाैमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । 

यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै हजार नाै पुगेको छ ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया