त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लीलानाथ श्रेष्ठले काेभिड–१९ महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिंहदरबारमा आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उहाँले आफू मन्त्रालयमा रहुञ्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको हो । रहरले नभइ बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दै उहाँले कोभिड–१९ महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे ।
सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरूको भएको भन्दै उहाँले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरी कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले थप जिम्मेवारी पाएको कुनै रहरले होइन बाध्यताले हो । अहिलेको परिस्थितिले हो । म जति दिन यहाँ हुन्छु त्यति दिन यो मन्त्रालयलाई कसरी राम्रो गर्न सकिन्छ, गर्नेछु । त्यसमा तपाईँहरू (कर्मचारी) को सहयोग चाहिन्छ । तपाईँहरूले नै गर्ने हो । समस्या आउन नदिने गरी काम गर्नुहोस् । नीतिगत कुरा सरकारले गर्ने हो तर कार्यान्वयन कर्मचारीले गर्ने हो । तपाईँहरू राज्य सञ्चालनको स्थायी संयन्त्र हो । कार्यान्वयन गर्ने तपाईँहरूले हो । कठिन अवस्थामा रहेकाले कसरी काम गर्न सकिन्छ भनेर तत्कालीन, मध्य र दीर्घकालीन कार्ययोजना बनाउनुहोस् ।’
मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।