निषेधाज्ञा पूरै नखोल्न र लामो दुरीका गाडी अझै एक/डेढ हप्ता सञ्चालन गर्न नहुने सुझाव

 असार १३, २०७८ आइतबार १८:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा साेमवार (भोलि) निर्णय हुने भएको छ । काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभएको हो । 

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरूलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरू दिएको भए पनि उपत्यकाको तीन वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको उहाँले बताउनुभयो ।

उपत्यकामा काेराेना सङ्क्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । निषेधाज्ञा पूरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरू आएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।  

काठमाण्डाै उपत्यकामा एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउनेबारे छलफल भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदै छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया