कुटपिटपछि घाइते भएका अरुण तेस्राे आयाेजनाका एक मजदुरकाे ज्यान गयाे

 असार १३, २०७८ आइतबार २०:१८:२४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरबीच कुटपिट हुँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा ज्यान गएको छ ।

अरुण तेस्रोको पावर हाउस गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत दुई मजदुरबीच झगडा हुँदा गम्भीर घाइते भएका कालीकोट तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय वसन्त शाहीको उपचारका क्रममा ज्यान गएको हो । 

गएको असार १० गते राति दुई मजदुरबीच विवाद बढ्दै गएपछि कालीकोट महाबै गाउँपालिका–२ का ५० वर्षीय अर्जुन सिंहले शाहीलाई हम्बरले टाउकोमा हानेका थिए । सिंह पटेल इन्जिनियरिङ कम्पनीका पेटी ठेकेदार हुन् भने शाही साइट सुपरभाइजर थिए ।

कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया