प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा

 असार १३, २०७८ आइतबार २०:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले मुद्दा दायर गर्नुभएको हो । 

अदालतबाट विभिन्न चरणमा भएका आदेश तथा फैसलाको प्रतिकूल हुने गरी काम गरेको र अदालतलाई उल्टै धम्क्याउने काम गरेको भन्दै अधिवक्ता प्रसादले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

अदालतको आदेशको पूर्ण पाठ नआउँदै दोस्राे पटक प्रतिनिधि सभा विघटन गरेको विषयले पनि अदालतको अवहेलना भएको अधिवक्ता प्रसादको भनाइ छ । 

संविधानको धारा ७७ को प्रतिकूल हुने गरी मन्त्रिपरिषद् विस्तार गरेको र देशको कार्यकारी प्रमुखले नै संविधानको प्रतिकूल हुने गरी काम गरेकाले देशका लागि गम्भीर असर पर्ने रिटमा दाबी गरिएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pratima Singh

    June 28, 2021, 9:10 p.m.

    I support Mr.sah. We need this sort of people who stands with reality and fight for it. Our country needs a stable government for development which is a dream till this kind of politicians rule the country.

  •  0 Reply

तपाईको प्रतिक्रिया