सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक गरेको छ । भिडियो चीनले पठाएको रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो । रोबोटले अहिले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको चीनको अन्तरिक्ष निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
जोरुङ मङ्गल ग्रहको ४२ दिनमा दुई सय ३६ मिटर गुडेको छ । मङ्गल ग्रहको एकदिन २४ घण्टा ३९ मिनेटको हुन्छ । चीनको अन्तरिक्ष निकाय सीएनएसले प्रेस विज्ञप्ति निकालेर मङ्गल ग्रहमा अवतरण गरेको रोभरले राम्रो काम गरिरहेको बताएको छ । जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उत्सव पनि हो ।
यो उत्सवमा रोभरले मङ्गल ग्रहबाट आशीर्वाद पठाएको सीएनएसको विज्ञप्तिमा उल्लेख छ । भिडियाेमा आवाज पनि सुनिएको छ । वैज्ञानिकहरूले जुरोङले कम्तीमा ९० मङ्गल दिन काम गर्ने आशा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।