यमनको युद्ध सर्वाधिक खराब मानवीय सङ्कट : राष्ट्रसङ्घ

 असार १४, २०७८ सोमबार ९:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनमा कम्तीमा एक सय ११ जनाको ज्यान गएको छ । हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएका भिडन्तमा २९ जना सैनिक र ८२ जना विद्रोही मारिएका समाचारसंस्था एएफपीले जनाएको छ ।

मरिब उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र ठाउँ हो । गएको बिहीवारदेखि आक्रमण सुरु गरेका विद्रोहीहरु मरिबको भित्री तहमा प्रवेश गर्न प्रयास गरिरहेका छन् । उनीहरुलाई रोक्न सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हातमाथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय सङ्घसंस्थाहरुले बताएका छन् ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमन गृहयुद्धमा दशौं हजारको ज्यान गइसकेको छ । यमनका ८० प्रतिशतभन्दा धेरै मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसङ्घले यमनको युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । संयुक्त राष्ट्र सङ्घ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि सफल भएको छैन ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया