कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता माधवकुमार नेपालको अपिल

 असार १४, २०७८ सोमबार १०:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गर्नुभएको छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गर्नुभएको छ । साथै उहाँले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसङ्गति, बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले सिङ्गो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्ती मनाइँदैछ । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको २०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया