चोभारमा सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने

 असार १४, २०७८ सोमबार १३:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने भएकाे छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुख्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताउनुभएको हाे ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उहाँले बताउनुभयो । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरी सकिने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भन्सार र क्वरेन्टीनका लागि बिल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । ठूला गोदामहरु दुई वटा निर्माण भइसकेको छ । कन्टेनर यार्ड पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तीनवटै सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, बाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

काठमाण्डौमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधै काठमाण्डौमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । 

वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरि सामग्री एकैचोटी काठमाण्डौमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया